काठमाडौँ, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आशन्न ११ औँ राष्ट्रिय महाधिवेशनले उन्नतस्तरको एकता प्रदर्शन गर्ने बताउनुभएको छ ।
एमालेको महाधिवेशनका लागि गठित प्रचार समितिद्वारा आज पार्टी कार्यालय, च्यासलमा आयोजित ११ औँ महाधिवेशनको प्रतिक चिन्ह (लोगो) सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष ओलीले सर्वसहमतिका नाममा एमालेभित्र प्रतिस्पर्धा गर्न दिइन्न वा जसरी पनि चुनावै हुनुपर्छ भन्ने प्रचार या सोच गलत रहेको बताउनुभयो । उहाँले अध्यक्षका हैसियतमा आफ्नो प्रयास, सहमति, एकता, रुपान्तरण र पुस्तन्तरणका लागि केन्द्रित हुने स्पष्ट गर्नुभयो ।
“सर्वसम्मतिका नाममा सेन्टिमेन्टल हिसाबले कसैलाई रोक्ने वा छेक्ने काम हुँदैन । स्वच्छ प्रतिस्पर्धा हुनेछ । एमालेमा डेमोक्रेसी छैन । चुनावै लडेनन् वा कसैलाई चुनाव लड्न दिएनन् भनिरहनु पर्दैन ।’’, अध्यक्ष ओलीले भन्नुभयो, “चुना लड्न पाइन्छ तर अध्यक्षका रुपमा मेरो आग्रह छ– एकताबद्ध भएर जाऔं, एकार्कामा नकारात्मक टिकाटिप्पणी गर्ने, खुइल्याउने, होच्याउने र अपमान गर्ने जस्ता काम कसैले नगरौँ ।’
’पूर्व प्रधानमन्त्री ओलीले वर्तमान सरकार आतङ्क र त्रासको जगमा संविधान विपरीत निर्मित भएको र सिंहदरबारमा एक प्रकारको ‘बुख्याँचा’ प्रवेश गरेको टिप्पणी गर्नुभयो । जनताबाट निर्वाचितहरु सरकार बाहिर रहनुपर्ने र अनिर्वाचितहरु सिंहदरबारमा बस्नुपर्ने कुरा लोकतान्त्रिक र संविधानसम्मत् हुन नसक्ने ठोकुवा गर्दै उहाँले यो सरकार संविधान विपरीत छ र विघठित संसद् पुनःस्थापित हुनुपर्छ भन्ने देखिएको सत्यलाई निर्भयताका साथ भन्ने सक्ने पार्टी एमाले मात्रै भएको स्पष्ट गर्नुभयो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-11-30
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
