काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा आफुले दिएको अभिव्यक्ति कुनै पनि धर्म वा समुदायलाई होच्याउने आशय र नियत नभएको स्पष्ट गरेकी छन् ।
आइतबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले आफ्नो अभिव्यक्तिमाथि भएको टिकाटिप्पणीप्रति प्रतिक्रिया दिदै आफ्नो आशय कुनै धर्म वा समुदायलाई होच्याउने नभएको बताएकी हुन् ।
उनले भनेकी छन्- ‘लैंगिक हिंसाविरुद्धको १६दिने अभियान शुभारम्भका क्रममा मैले दिएको अभिव्यक्तिमा रहेर विभिन्न टिप्पणी भएका रहेछन् । कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन,छैन । सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ । शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध छ ।’
प्रधानमन्त्री कार्कीले गत मंगलबार अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा बोल्दै मुस्लिम समुदायको सन्दर्भमा दिएको अभिव्यक्ति विवादित बनेको थियो । प्रधानमन्त्री कार्कीले सो कार्यक्रममा भनेकी थिईन्- ‘मुसलमानको व्यवहार र प्रवृत्ति जुन छ, यति अन्यायपूर्ण देखिन्छ दिउँदै लगेर गाड्ने । कतिपय मुस्लिम देशहरुमा महिलालाई पढ्न नदिने । जब मुसलमानहरुले हमला गर्न थाले, त्यसपछि उनीहरुले सात वर्षको बच्चालाई पनि विवाह गर्ने, अरु कुराहरुलाई पनि सङ्र्कीण बनाउँदै लगे भन्ने छ ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-11-30
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
