काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेसहित ८० दलले सहभागी हुने भएका छन् । विघटित प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेले पनि फागुन २१ गते घोषित निर्वाचनमा भाग लिन मंगलबार निर्वाचन आयोगमा दल दर्ता गरेको छ। आयोगले बुधबारसम्म दल दर्ताका लागि समय तोकेको थियो। मंगलबारमात्रै एमालेसहित ९ दल दर्ता भए।
जेन–जी आन्दोलनको बलमा भएको प्रतिनिधिसभा विघटनलाई एमालेले असंवैधानिक भन्दै आन्दोलन गरिरहेको छ। कांग्रेससहितका विघटित संसद्मा रहेका अरू दलले आयोगमा दल दर्ता गरेका भएपनि एमालेले के गर्छ ? भन्ने अन्योलता थियो। तर, मंगलबारसम्म एमालेले निर्वाचनमा सहभागी जनाउने भएको हो । साथै प्रतिनिधिसभा निर्वाचनमा नयाँ पुराना गरी ८० दल निर्वाचन आयोगमा दर्ता भएको बताइन्छ ।

रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-11-27
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
