ताप्लेजुङ, ताक्सार — श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हरक राज साम्पाङले देश परिवर्तनका लागि सबै वर्ग एकजुट भई श्रमसँग जोडिन आवश्यक रहेको बताएका छन्।
आइतबार स्थानीय टुँडिखेलमा आयोजित पार्टी कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रमबिना परिवर्तन असम्भव हुने उल्लेख गरे। देशको बलियो शक्ति युवाशक्ति भएकाले उनीहरूको सही परिचालन नै रुपान्तरणको आधार हुने साम्पाङ्को भनाइ छ।
“युवाहरूलाई कसरी र कसले परिचालन गरिरहेको छ भन्ने बुझ्नुपर्छ,” उनले भने।
यही कारण अब युवाले काम गरेर देशको परिवर्तनमा वास्तविक योगदान दिनुपर्ने उनले बताए। साम्पाङले अब सबैले आफ्ना काम–व्यवहार सुधारी आगामी दिनतिर अघि बढ्नु पर्नेमा पनि जोड दिए।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-11-23
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
