काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
विहिबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृहसचिव रामेश्वर दंगालले महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
आईजीपी चन्द्र कुवेर खापुङको ३० वर्षे सेवा अवधि बुधबार सकिएसँगै उनी अनिवार्य अवकाशमा गएका छन् । त्यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको ३३औं आईजीपीमा बनाउने निर्णय गरेको थियो ।
२०५४ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका कार्की ३० वर्षे सेवा अवधि कायम रहे २०८४ चैतसम्म प्रहरी महानिरीक्षक हुनेछन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-11-13
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
