काठमाडौँ । सोमबार साँझ भारतको राजधानी दिल्लीको लाल किल्ला नजिकै भएको कार बम विस्फोटमा कारमा रहेको व्यक्ति डा. उमर मोहम्मद भएको पुष्टि भएको छ ।
डिएनए परिक्षणबाट कारमा रहेका डा. उमर मोहम्मद भएको पुष्टि भएको हो । बुधबार राति अबेर, प्रहरी र फोरेन्सिक टोलीले विस्फोटक पदार्थले भरिएको आई २० कारमा सवार घटनास्थलमा कारमा टुक्राटुक्रा अवस्थामा फेला परेको शवबाट लिइएको डिएनए नमूना उमरकी आमाको डिएनएसँग मेल खाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
दिल्ली प्रहरीको विशेष सेलले पुलवामाको सम्बुरामा बस्ने डा. उमरका परिवारका सदस्यहरूसँग पनि सोधपुछ गरेको छ । उमरकी आमा र भाइले परिक्षणकालागि डिएनएका नमूनाहरू प्रदान गरेका थिए, जुन विस्फोटमा प्रयोग गरिएको कारको भग्नावशेषमा भेटिएका अवशेषहरूसँग मेल खाएको छ ।
अनुसन्धान एजेन्सीहरूले उमरले गाडीमा जडान गरिएको विस्फोटक वा कार बम बनाउने प्रयास गरिरहेको र अनलाइन जानकारी सङ्कलन गरेको बताएका छन् । नोभेम्बर १० मा आफ्ना सहयोगीहरूको गिरफ्तारी डरले उमरले आतंकित हुँदै बम विस्फोट गराएको अनुसन्धानमा खुलेको छ ।
बिहीबार बिहान बम विस्फोटमा अर्का घाइते व्यक्तिको मृत्यु भएको छ । दिल्ली प्रहरी अधिकारीहरूका अनुसार विस्फोटमा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ । मृतकको पहिचान दिल्ली बाहिर बस्ने गुलाम हसनका छोरा बिलालको रूपमा गरिएको छ ।
अहिले १६ भन्दा बढी घाइतेहरू हाल दिल्लीका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-11-13
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
