काठमाडौं । नेकपा एमालेले देशभर जनभेला र प्रदर्शन गर्ने निर्णय गरेको छ । भक्तपुरस्थित गुण्डुमा बसेको केन्द्रीय सचिवालय बैठकले संविधानको रक्षा, लोकतन्त्रको जगेर्नाका लागि जनभेला र प्रदर्शन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् ।
बैठकले यही कात्तिक २२ गते वडा भेला, २५ गते पालिका भेला, २९ गते जिल्लामा जनसभा र मंसिर ६ गते काठमाडौंमा जनसभा गर्ने निर्णय गरेको ज्ञवालीले जानकारी दिए ।
आजको बैठकले यसअघि पोखरामा गर्ने भनिएको महाधिवेशनको स्थान परिवर्तन गर्दै काठमाडौँमै गर्ने निर्णय गरेको छ । त्यस्तै मङ्सिर २७ देखि २९ सम्म हुने महाधिवेशनमा करिब २१ सय प्रतिनिधि सहभागी हुने र प्रतिनिधिको छनौट मङ्सिर १३ गते देशभर एकै दिन गर्ने बैठकले गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-11-02
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
