
काठमाडौं । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमत अन्सारीले बाह्रै महिना मेलम्ची खानेपानी आयोजना सञ्चालनमा ल्याउन चार अर्ब ५० करोड रुपैयाँ खर्च लाग्ने बताएका छन् ।
सिंहदरबारमा आयोजित मेलम्ची खानेपानी आयोजनाको दिगो व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा कार्यकारी निर्देशक अन्सारीले मेलम्ची आयोजना सुधार गर्न चार अर्ब ५० करोड रुपैयाँ लागत लाग्ने बताए । उनले मेलम्ची खानेपानी आयोजनालाई सुधार गरेर बाह्रै महिना उपत्यकाका धारामा पानी ल्याउने गरी तयारी भइरहेको जानकारी दिए ।
कार्यकारी निर्देशक अन्सारीले आयोजनास्थल नजिक अझै पनि ठूलो बाढी पहिरोको जोखिम रहेकाले कुन बेला आयोजनालाई क्षति पुग्ने हो भन्ने आशङ्का रहेको बताए । गएको साउन २८ र २९ गते आएको बाढीले पहिलाको अस्थायी संरचनामा क्षति पुर्याउँदा मेलम्ची आयोजनाको पानी बन्द गरिएको थियो ।
यसैबीच सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले हेलम्बुवासीको माग सम्बोधन नभए अर्काे वर्षदेखि उपत्यकाले मेलम्चीको पानी नपाउने बताए । आफ्ना माग पूरा गर्न सङ्घीय सरकारले चासो नदेखाएको अध्यक्ष ग्याल्जेनले बताए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २३ चैत्र २०८०, शुक्रबार ०८:३६
दुर्गा प्रसाइँलाई पक्राउ गरी काठमाडौं ल्याइँदै

नाइट क्लबको छत भत्किँदा मृत्यु हुनेको सङ्ख्या २१८ पुग्यो

नेपाल बारको अध्यक्षमा मिश्र निर्वाचित

महान् फुटबलर रोबर्टो कार्लोस वैशाख ५ गते नेपाल आउने

दुर्गा प्रसाईं भारतमा समातिएको चर्चा: प्रहरीले भन्यो, ‘पक्राउ परेका छैनन्’

शब्दयात्रा प्रकाशनद्वारा ८ जना वाङमयसेवीहरू सम्मानित र ४ वटा पुस्तक विमोचन
