काठमाडौँ । एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट आइसीसी पुरुष टी-२० विश्वकपमा नेपाल र ओमानसहित युएई छनौट भएका छन् ।
सुपर सिक्सको खेलमा जापानलाई पराजित गर्दै युएई विश्वकपमा छनौट भएको हो । नेपाल र ओमान यसअघि नै छनौट भएका थिए ।
ओमानमा जारी एशिया क्षेत्रको विश्वकप छनौटमा नेपाल, ओमान र युएई छनौट भएसँगै भारत र श्रीलंकामा हुने २०२६ को टी-२० विश्वकपमा छनौट हुने सबै २० देशको टुंगो लागेको छ ।
टी-२० विश्वकप भारत र श्रीलंकामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ (माघ २४ देखि फागुन २४ ) सम्म आयोजना हुदै छ ।
यस विश्वकपमा भाग लिने २० देशमा भारत र श्रीलंका आयोजकको हिसाबले छनौट भएका छन् भने सात देश अघिल्लो विश्वकपका शिर्ष सातमा स्थानमा रहेको आधारमा छनौट भएका छन् । जसमा अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, दक्षिण अफ्रीका, अमेरिका र वेस्ट इन्डिज रहेका छन् । त्यस्तै २०२४ को जुन ३० सम्म आइसीसीको वरियताबाट तीन देश छनौट भएका छन् । जसमा आयरल्याण्ड, न्यूजील्याण्ड र पाकिस्तान रहेका छन् ।
त्यसैगरी अमेरिका क्षेत्रको छनौटबाट क्यानडा छनौट भएको छ भने युरोप क्षेत्रको छनौटबाट इटाली र नेदरल्याण्डस विश्वकपमा छनौट भएका छन् ।
त्यस्तै अफ्रिका क्षेत्रको छनौटबाट नामिबिया र जिम्बाबे छनौट भएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-10-17
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
