काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले महिला राष्ट्रिय टिमको लागि मुख्य प्रशिक्षकको आवेदन माग गरेको छ । शनिबार क्यानले महिला टिमको मुख्य प्रशिक्षकको आवेदन माग गरेको हो ।
क्यानको अनुसार मुख्य प्रशिक्षकको आवेदन दिन इसिबी/सीए लेभल–३ को कोर्ष प्राप्त गरेको हुनुपर्ने र कम्तीमा पाँच वर्षको व्यावसायिक क्रिकेटको अनुभव भएकोले आवेदन दिन सक्ने जनाएको छ ।
क्यानले अक्टोबर २५ गतेसम्म आवेदन दिन भनेको छ । क्यानले महिला विश्वकप छनोटलाई मध्यनजर गर्दै महिला टोलीका लागि मुख्य प्रशिक्षकको आवेदन माग गरेको हो । नेपालले यही जनवरीमा काठमाडौँमा हुने टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-10-11
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
