काठमाडौँ । नोबेल शान्ति पुरस्कारको आशा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुरस्कार नपाएपछि ह्वाइट हाउसको प्रतिक्रिया आएको छ ।
ह्वाइट हाउसले पुरस्कारप्रति प्रतिक्रिया जनाउदै भेनेजुएलाका विपक्षी नेता मारिया कोरिना मचाडोलाई शान्ति पुरस्कार प्रदान गर्ने नोबेल पुरस्कार समितिको निर्णयको आलोचना गरेको छ । ह्वाइट हाउसले नोबेल पुरस्कार छनौट गर्ने प्यानलले शान्तिको सट्टा राजनीति रोजेको बताएको छ ।
ह्वाइट हाउसका प्रवक्ता स्टीवन चेउङले सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिदै भनेका छन्- ‘राष्ट्रपति ट्रम्पले शान्ति सम्झौतामा मध्यस्थता गर्ने, युद्ध अन्त्य गर्ने र जीवन बचाउने काम जारी राख्नुहुनेछ । उहाँसँग मानवीय हृदय छ र उहाँ जस्तो कोही पनि हुनेछैन, जसले आफ्नो पूर्ण इच्छाशक्तिले पहाडहरू सार्न सक्छ । नोबेल समितिले शान्तिभन्दा राजनीतिलाई प्राथमिकता दिएको प्रमाणित गर्यो ।’
भेनेजुएलाकी विपक्षी नेतृ मचाडोलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-10-11
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
