काठमाडौँ । सरकारले आगामी साउन ९ गते १२ अर्ब ६० करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । २८ दिने र ९१ दिने ट्रेजरी बिलमार्फत केन्द्रीय बैंकले उक्त परिणाम बराबरको आन्तरिक ऋण उठाउने भएको हो ।
यद्यपि, उक्त ट्रेजरी फ्रेस (नयाँ) भएर पुरानै ट्रेजरी बिलको नवीकरण गरिने केन्द्रीय बैंकले जनाएको छ । बैंकका अनुसार २८ दिने ट्रेजरीमा ४ अर्ब रुपैयाँ र ९१ दिने ट्रेजरीमा ८ अर्ब ६० करोड रुपैयाँ नवीकरण हुनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले साउन ८ गते सोमबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । सोमबार नै बोलकबोल हुने ट्रेजरीको नवीकरण साउन ९ गते हुनेछ ।
यसअघि केन्द्रीय बैंकले २८ दिने र ९१ दिने ट्रेजरी गरी कूल १७ अर्ब ७० करोड रुपैयाँ उठाएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-07-23
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
