काठमाडौँ । नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । युएईको शारजहा क्रिकेट स्टेडियममा सम्पन्न युनिटी सिरिजको पहिलो खेलमा नेपालले युएईलाई १९ रनले परजित गरेको हो ।
नेपालले दिएको १४९ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाउदै १२९ रन बनाएको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १४८ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३०, गुलशन झाले २२ र दिपेन्द्र सिंह ऐरीले १७ रन बनाएका थिए । त्यस्तै सन्दीप जोराले ९, कुशल भुर्तेलले ६, आसिफ सेखले ३, सोमपाल कामीले अविजित ९ र नन्दन यादवले अविजित ६ रन बनाएका थिए । त्यसैगरी वेस्ट इन्डिजका बलर जासन होल्डरले सर्बाधिक ४ विकेट लिए भने नविन बिडाइसीले ३ तथा अकील होसैनले एक विकेट लिएका थिए ।
नेपालले कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट खेल्ने देशलाई पराजित गरेको यो पहिलो पटक हो । यो जितपछि नेपालले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । अब सिरिजको दोस्रो खेल सोमबार हुने तालिका रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-28
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
