सोलुखुम्बु । जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा ठुला दलका कार्यकर्ताले पार्टी छोड्ने लहर शुरु भएको छ । यसैबीच सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउपालिका २ का प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले पार्टी छोडेको घोषणा गरेका छन् ।
पार्टी छोड्न एमालेका जिल्ला कमिटीका सदस्य, गाउँपालिका उपाध्यक्षलगायतका नेताहरु छन् भने काँग्रेसका क्षेत्रीय सभापति र क्रियाशील सदस्यहरु रहेका छन् । त्यस्तै माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र अन्य सदस्यहरुले संयुक्त रुपमा पार्टी छोडेको घोषणा गरेका हुन् ।
उनीहरुले कांग्रेस(एमालेको गठबन्धन सरकारले जेनजी आन्दोलनका क्रममा युवाहरुहरुलाई कठोर र निर्मम रुपमा गोली हानी हत्या गरेको भन्दै संयुक्त रुपमा पार्टी छोडेको घोषणा गरेका हुन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-24
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
