काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्बजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्बजनिक गरेको हो ।
नेपाली राष्ट्रिय टिमको नयाँ जर्सीलाई नासा सेक्यूरिटीजले स्पोन्सर गरेको छ । नयाँ जर्सीमा निलो र रातो रंगको मिश्रण रहेको छ भने जर्सीको तल्लो भागमा सगरमाथाको चित्र राखिएको छ जसले जर्सीलाई अर्थपूर्ण र उत्कृष्ट बनाएको छ । जर्सीमा नयाँ स्पोन्सर नासा सेक्युरिटीजको लोगो अंकित गरिएको छ ।
गत साउन २५ गते क्यान र नासाबीच जर्सी स्पोन्सरको सम्झौता भएको थियो । नासा सेक्युरिटिजले राष्ट्रिय टिमको जर्सी स्पोन्सर गरे बापत बार्षिक २ करोड ३६ लाख भुक्तानी गर्ने गरि सम्झौता भएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-23
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
