काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले सिफारिस गरेको पाँच जना मन्त्रीको शपथ आज हुँदैछ । प्रधानमन्त्री कार्कीले आइतबार पत्रकार जगदीश खरेल, पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, अतिरिक्त सचिव डा।संगिता मिश्रा, महावीर पुन र डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन् ।
पाँचै मन्त्रीको शपथ आज सोमबार हुने भएको छ । प्रधानमन्त्री कार्कीले खरेललाई सञ्चार, डा. मिश्रलाई स्वास्थ्य, पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई भूमि व्यवस्था मन्त्रालय र उद्योग मन्त्रालय, पुनलाई शिक्षा र परियारलाई कृषि मन्त्रालय दिने भएकी छन् ।
यस बाहेक उनीहरुलाई थप अन्य मन्त्रालयको समेत जिम्मेवारी दिइने बताइएको छ । प्रधानमन्त्री कार्कीले १० देखि १२ मन्त्री बनाएर एक जनालाई कम्तिमा दुई मन्त्रालयको जिम्मेवारी दिने यसअघि नै बताएकी छन् । यसअघि रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङलाई उर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय तथा ओमप्रकाश अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-22
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
