काठमाडौं । महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस भएपछि आफूलाई मन्त्री नभन्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै पुनले आफुलाई मन्त्री नभन्न आग्रह गर्दै भन्ने परे ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्न आग्रह गरेका हुन् ।
साथै उनले आफूलाई मन्त्री भएकोमा बधाई भनेर फोन नगर्न र खादा माला लिएर नआउन आग्रह गरेका छन् । पुनले शिक्षा विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने ठोस काम भए ह्वाटसपमा पठाउन समेत आग्रह गरेका छन् ।
उनले भनेका छन्- ‘मेरो पहिलो घोषणा: कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिना भित्र गर्न सकिने र गर्ने पर्ने ठोस काम र आईडिया छ भने मेरो ह्वाटसपमा पठाउनु होला । मलाई कसैले पनि मन्त्री नभन्नु होला । कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने ‘कवाडी वैज्ञानिक मन्त्री भन्नु होला ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-22
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
