काठमाडौं । प्रसिद्ध हलिउड अभिनेत्री सिड्नी स्वीनीबारे नयाँ खबर छ । उनी बलिउडमा डेब्यू गर्न सक्ने खबर आएको छ । रोचक कुरा के छ भने उनलाई यो फिल्मको लागि ५०० करोड भारुभन्दा बढी पारिश्रमिकको प्रस्ताव गरिएको छ ।
द सनको एक रिपोर्टअनुसार एक भारतीय निर्माण कम्पनीले स्वीनीको अन्तर्राष्ट्रिय छविलाई माथि उठाउन चाहन्छ । त्यसैले, उनलाई एक फिल्मको लागि ४५ मिलियन पाउण्ड अर्थात ५३० करोड भारु पारिश्रमिकको अफर गरिएको छ ।
यसमा ४१५ करोड भारु पारिश्रमिक र ११५ करोड भारु प्रायोजन सम्झौता समावेश छ । सिड्नीले प्रस्ताव स्वीकार गरिन् वा गरिनन् भन्ने कुरा यकिन भैसकेको छैन । अन्तर्राष्ट्रिय मिडियाले यो खबर प्रसारण गरिरहेका छन् ।
यो फिल्म सबैभन्दा महँगो भारतीय फिल्म हुने दावी गरिएको छ । सिड्नीले यसमा एक अमेरिकी स्टारको भूमिका निर्वाह गर्नेछिन् जो एक भारतीय सेलिब्रेटीसँगको प्रेममा पर्छिन् ।
छायांकन सन् २०२६ मा सुरु हुने बताइएको छ । यो फिल्मलाई लन्डन, दुबई, न्यूयोर्क र पेरिसमा छायांकन गरिने जनाइएको छ । सिड्नी अमेरिकी अभिनेत्री हुन् । उनको पूरा नाम सिड्नी बर्निस स्वीनी हो ।
सेप्टेम्बर १२, १९९७ मा जन्मिएकी उनी २८ वर्षकी भइन् । उनी ‘एभ्रिथिङ सक्स’, ‘द ह्यान्डमेड्स टेल’ र ‘सार्र्प अब्जेक्ट्स’का लागि परिचित छिन् । उनले सिरिज ‘युफोरिया’बाट प्रसिद्धी प्राप्त गरिन् ।
सन् २०१९ मा, उनी ‘वन्स अपन अ टाइम इन हलिउड’मा देखा परिन् । त्यसपछि उनी ‘एनीवन बट यु’मा देखिइन् । सन् २०२४ मा, उनी सुपरहिरो फिल्म ‘म्याडम वेब’ मा देखा परिन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-20
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
