काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन कुराकानी भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार कुराकानीमा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएकी थिइन् । कुराकानीका क्रममा प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी गरेकी थिइन् ।
त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री कार्कीसँग न्यानो कुराकानी भएको जानकारी दिएका छन् ।
कुराकानीमा मोदीले हालै भएको दुःखद मृत्युप्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनर्स्थापित गर्ने उनको प्रयासप्रति भारतको दृढ समर्थनलाई दोहोराएको बताएका छन् । साथै उनले भोलिको राष्ट्रिय दिवसको अवसरमा नेपाली जनतालाई शुभकामना व्यक्त गरेको उल्लेख गरेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-18
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
