काठमाडौं । दुबईले नेपालीलाई भिजिट भिसाका लागि पूर्ण रूपमा बन्द गरेको छ । यसबारे कुनै आधिकारिक जानकारी नगराएपनि दुबईले सोमबारदेखि भिजिट भिसामा जान रोक लगाएको हो ।
शुभयात्रा ट्राभल्स एण्ड टुर्सका सञ्चालक प्रदिप अधिकारीका अनुसार संयुक्त अरब इमिरेट्स (युएई) मा भिसा आवेदन दिँदा भिजिट भिसा कोलममा नेपाल देखाउन छोडेको छ । उनले आइतबारसम्म नेपालीका लागि कोलम राखिएको थियो । तर, त्यो दिन भिसा आवेदन दिएका सबै नेपालीको भिसा अस्वीकृत भएको थियो । तर भारतीयहरूको भने भिसा देखाउँछ । तर अहिले नेपालीले आवेदन नै दिन पाउँदैनन् ।
युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले भिसा दिन बन्द गरिएकोबारे औपचारिक जानकारी नआएको बताए । अहिलेको निर्णय केही समयको लागि हुनसक्ने उनको भनाइ छ ।
दुबईले नेपालीलाई डिसेम्बरदेखि भिसा दिन बन्द जस्तै गरेको थियो । भिसा पाउने सम्भाभावना नभएपछि नेपालीहरूले युएईको शारजाह राज्यका लागि भिसा आवेदन दिने गरेका थिए । युएईको जुन राज्यका लागि भिसा लिएपनि सबै राज्य घुम्न पाइने भएकाले सहज भएको थियो । अब भने युएईकै लागि भिसा बन्द गरिएको शुभयात्राका सञ्चालक अधिकारीले बताएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-17
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
यातायातका काम साउन ८ गतेपछि मात्र हुने
विश्वकप फाइनलको विश्लेषण : नतिजा १-० तर खेलमा अर्जेन्टिनामाथि स्पेनको दबदबा
