काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्रिय वाणिज्य बैंकको सवा ५ करोड र १८ किलो सुन लुटिएको बताएका छन् ।
सुशान्त प्रधानसँगको पोडकाष्टमा गभर्नर पौडेलले यसक्रममा बैंकमा रहेको ५ करोड नगद र करिब १८ किलो सुन लुटपाट भएको बताएका हुन् । भदौ २४ मा जेनजी आन्दोलनका क्रममा प्रर्दशनकारीले बानेश्वसस्थित संसद् भवनमा आक्रमण गरेपछि सँगै जोडिएको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयमा पनि तोडफोड तथा लुटपाट भएको थियो ।
गभर्नर पौडेलले सार्वजनिक रूपमा मुलुकभर रहेका बैंक तथा वित्तीय संस्थाका ६८ वटा शाखा र एक्सटेन्सन काउन्टर, ६९ वटा एटीएममा तोडफोड तथा आगजनी भएको बताएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-17
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
