काठमाडौं । ‘जेन–जी’ आन्दोलनको उग्रताले मुलुक एकैछिनमै धुवाँ र खरानीको भूमरीमा फस्न पुग्यो । आन्दोलनमा काठमाडौं र विभिन्न सहरमा ७५ जनाले ज्यान गुमाएका छन् । जेनजी आन्दोलनका प्रदर्शनकारीको निशानामा सरकारी संरचना, राजनीतिक दलका कार्यालय, राजनीतिक दलका नेताहरूको घर र व्यापारिक कम्प्लेसहरु परेका छन् ।
भ्रष्टाचार विरुद्धको आन्दोलनको नारा लिएर सडकमा उत्रिएका युवाहरूले भदौ २४ गते सिंहदरबार, संसद् भवन लगायतका सरकारी संरचनासँगै देशका प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) को कार्यालयमा तोडफोड तथा आगजनी गरेका हुन् ।
कुन कुन नेताहरूको घरमा आगजानी भयो ?
१. नेकपा (एमाले) का नेताहरू
केपी शर्मा ओली (बालकोट, तेह्रथुम, झापा तीनै घर)
पृथ्वी सुब्बा गुरुङ
गोकुल बाँस्कोटा
महेश बस्नेत
विष्णुप्रसाद पौडेल
पदम गिरी
सुरेन्द्र पौडेल
शंकर पोखरेल
ईश्वर पोखरेल
रघुवीर महासेठ
योगेश भट्टराई
गोर्कण विष्ट
सूर्य थापा
कोमल वली
२. नेपाली कांग्रेसका नेताहरू
शेरबहादुर देउवा
पूर्णबहादुर खड्का
गगन थापा
विश्वप्रकाश शर्मा
प्रकाशमान सिंह
दीपक खड्का
रमेश लेखक
विनोद चौधरी
३. नेकपा (माओवादी केन्द्र)का नेताहरू
१.अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त।
२. वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त।
३. उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त।
४. उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त।
५. उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर, तोडफोड र लुटपाट गरेर भग्नावशेषमा परिणत।
६. उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट।
७. उपमहासचिव वर्षमान पुनको निवास, तोडफोड र लुटपाट।
८. उपमहासचिव गिरिराजमणि पोखरेलको निवास तोडफोड र लुटपाट।
९. सचिव चक्रपाणि खनालको घर, आगजनी, तोडफोड र लुटपाट।
१०. केन्द्रीय सदस्य गंगा दाहालको घर आगजनी, तोडफोड र लुटपाट।
११. केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर आगजनी, तोडफोड र लुटपाट।
१२. केन्द्रीय सदस्य रेणु दाहालको घर आगजनी, तोडफोड र लुटपाट।
१३. केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी।
१४. केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट।
१५. केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्त
१६. केन्द्रीय सदस्य युवराज चौलागाईंको घरमा आगजनी।
१७. केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट।
१८. केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट।
१९. प्रदेश नं. १ को पार्टी कार्यालयमा तोडफोड।
२०. केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त
४. नेकपा (एकीकृत समाजवादी)
माधवकुमार नेपाल
झलनाथ खनाल
५. अन्य दलका नेताहरू
शरदसिंह भण्डारी (लोकतान्त्रिक समाजवादी पार्टी)
उपेन्द्र यादव (जनता समाजवादी पार्टी, नेपाल)
प्रदीप यादव (जनता समाजवादी पार्टी, नेपाल)
रेशमलाल चौधरी (नाउपा संरक्षक) – घरमा लुटपाट र आगजनी
राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास र पूर्व–राष्ट्रपति विद्यादेवी भण्डारीको घरसमेत आगलागीबाट पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। यस आन्दोलनले सत्ता र शक्तिको शीर्ष तहमा रहेका व्यक्तिहरू पनि अछुतो रहेनन् । यद्यपि, घटनाका सबै विवरणहरू अझै संकलन भइरहेका छन्। पूर्ण जानकारी आउन बाँकी छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-17
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
