धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौँबाट धरान पुगेर पत्रकार सम्मेलन गर्दै रोएका छन् । पत्रकार सम्मेलनमा भावुक बनेका साम्पाङले देशनै नबचे हामी कसरी रहन्छौं भन्दै रोएका हुन् ।
उनले कोहि नेता बाहिर ननिस्किएको बेला आफु बाहिर निस्केको बताउदै आफुलाई पदको लोभ गर्यो भन्ने आरोप लगाएको बताउदै भावुक बनेका थिए । उनले आफुले बलिरहेको देशलाई बचाउन भन्दै गएको बताए ।
उनले जेनजी आन्दोलनको म्यान्डेट बालेनलाई प्रधानमन्त्री बनाउने रहेको र बालेन पछि हटे हर्क साम्पाङ आउनुपर्छ भनेपछि आफु काठमाडौँ गएको उनले बताए ।
साथै उनले को प्रधानमन्त्री बन्ने र को के बन्ने भन्ने सूची पहिला नै बनिसकेको दाबि गरे ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-16
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
