काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहिदहरुको आज अन्त्यष्टि हुने भएको छ ।
हाल टिचिङ अस्पतालमा प्रक्रिया पुर्याउनेक्रम जारी रहेको छ भने त्यसपछि आजै शव यात्रा गरी अन्त्येष्टि गरिने तयारी भइरहेको । अहिलेसम्म १० वटा शवको पोष्टमार्टम भइसकेको र आज १० जनाको अन्त्यष्टि हुने बताइएको छ ।
अहिले टिचिङ अस्पतालमा मृतकका आफन्त र शव यात्रामा सहभागी हुन जुट्नेक्रम शुरु भएको छ । आज महाराजगन्ज स्थित टिचिङ अस्पतालबाट सब यात्रा सुरु हुने र शव यात्रामा गृहमन्त्री ओमप्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङ पनि उपस्थिति हुने हामी नेपाल संस्थाले जनाएको छ ।
सरकारले सोमबारको मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरेर मृतकका परिवारलाई काजकिरियाका लागि एक एक लाख उपलब्ध गराउने निर्णय गरेको छ । सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर्दै उनीहरुको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ । यस्तै, उनीहरुको सम्झनामा असोज १ गते राष्ट्रिय शोक दिवस मनाइने निर्णय पनि सरकारले गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-16
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
