
काठमाडौं । नेपाल प्रहरीले सञ्चालन गरेका पेट्रोल पम्प अब २४सै घण्टा सञ्चालन हुने भएका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) ले सञ्चालन गरिरहेका नेपाल प्रहरीको केन्द्रीय कार्यालय नक्साल, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक र कास्कीको पोखरामा सञ्चालित पेट्रोल पम्प अबदेखि २४सै घण्टा सञ्चालन हुने भएका हुन् ।
गृहमन्त्री लामिछानेले पेट्रोल पम्प २४सै घण्टा खुला गर्न आदेश दिएसँगै हिजोदेखि पम्पहरू खुला भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । यसअघि प्रहरीले सञ्चालन गरेका पेट्रोल पम्प बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुँदै आएका थिए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ९ चैत्र २०८०, शुक्रबार ०८:४२
विश्वकप लिग–२: नेपालद्वारा नेदरल्यान्ड्स ५ विकेटले पराजित

१२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध

युवाहरुका लागि उद्यमशीलता र रोजगारी सृजनामा सरकारको उच्च प्राथमिकता रहनेछ : प्रधानमन्त्री

The Hidden Risks of Sanitary Pads: A Growing Concern for Women’s Health in Nepal

आज सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि

सामान्य विवादमा खुकुरी प्रहार
