
काठमाडौं । काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा आज पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले अझै तीन–चार दिनसम्म पानी पर्ने महाशाखाले जनाएको हो ।
आज राति कोशी, बाग्मती र गण्डकीको पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको छ । यस्तै भोलि बिहान मौसम केहीबेर खुल्ने भए पनि दिउँसो बदली हुने महाशाखाले जनाएको छ । मध्य तथा पूर्वी क्षेत्रमा पर्सि शनिवारसम्म बदली र वर्षाको सम्भावना रहेको छ । अबको तीन÷चार दिनसम्मै मौसम बदली भएर छिटपुटदेखि हल्का पानी पर्न सक्ने मौसमविदले बताएका छन् ।
महाशाखाका अनुसार विशेषगरी कोशी, मधेश र बाग्मती प्रदेशमा वर्षा भएको छ । यस्तै लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा पनि पानी परेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली भए पनि पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ९ चैत्र २०८०, शुक्रबार ०८:२९
नेपाल प्रहरीका ७५ सई वरिष्ठ सईमा बढुवा (सूचीसहित)

च्याम्पियन्स लिगः आर्सनल र इन्टरमिलान सेमिफाइनलमा, रियल म्याड्रिड बाहिरियो

अमेरिकाले चीनमा लगायो २४५ प्रतिशत प्रतिशोधात्मक कर

चार ठेकेदार कम्पनी कालोसूचीमा

दि हिडन ट्रेजरद्वारा आयोजित ‘डिजाइनर अफ द इयर’को उपाधि सविना र शिरिषालाई

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २० निर्णय (सूचीसहित)
