काठमाडौँ । जेनजी समूह र नेपाली सेनाबीचको औपचारिक वार्ता आज हुने भएको छ । जेनजी समूह भन्दै थुप्रै समुह जंगीअड्डा पुगेपछि बुधबार हुने भनिएको बार्ताले औपचारिकता लिन सकेको थिएन । नेपाली सेनाले आन्तरिक सहमति कायम गरेर साथै आफ्नो समुहको नेता छानेर वार्तामा आउन विभिन्न जेनजी समुहलाई आग्रह गरेको छ ।
जेनजीको एउटा समुहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरिसकेको छ । साथै काठमाडौँ महानगरका मेयर बालेन शाहले पनि सुशिला कार्कीलाई आफ्नो समर्थन रहेको स्पष्ट गरेका छन् ।
साथै जेनजी समुहले राष्ट्रपतिसँग वार्ता नगरेर सेनासँग वार्ता गर्न गएको भन्दै आश्चर्य समेत व्यक्त गरिएको छ । संसद विघटन नभएको र देशको प्रमुखको रुपमा राष्ट्रपति रहेको अवस्थामा सेनासँग वार्ता गर्नुलाई अनेक किसिमले विश्लेषण भइरहेको छ ।
बुधबार दुर्गा प्रसाई, धरानका मेयर हर्क साम्पाङ लगायत पनि आफ्नो पक्ष राख्न जंगी अड्डा पुगेका थिए । प्रधानसेनापतिसलाई भेटेपछि प्रसाईले बालेन र सुशिला कार्की जो भएपनि आफुलाई स्वीकार्य हुने बताए भने हर्क साम्पाङले आफु नेतृत्व लिन इच्छुक रहेको दाबि पेश गरेका थिए ।
गत सोमबार र मंगलबार भएको जेनजी आन्दोलनको क्रममा हालसम्म ३० जनाको मृत्यु भएको र एक हजारभन्दा बढी घाइते भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-11
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
