काठमाडौं । सुनको अवैध तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) महरासँग बयान सुरु गरिएको ब्युरोका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर तस्करीमार्फत ल्याएको नौ केजी सुनका चिनियाँ तस्करसँग महरासँगको सम्पर्क देखिएपछि प्रहरीले महरालाई कपिलवस्तुबाट पक्राउ गरी आइतबार काठमाडौं ल्याएको थियो ।
गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको ६० केजी सुन र २०७९ पुस १० गते विमानस्थलबाट भेपभित्र लुकाएर ल्याएको सुन तस्करीसम्बन्धी जाँचबुझ गर्न सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वको आयोगले तयार पारेको प्रतिवेदनमा सुन तस्करीमा महराको पनि संलग्नता देखिएको भन्दै कारबाही गर्न सिफारिस गरेको थियो ।
मंसिर २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ केजी सुन तस्करीमा सिआइबीले अनुसन्धान गरिरहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवनकुमार गुरुङसँग पनि महराको पटक पटक सम्पर्क भएको देखिएको छ । आयोगको प्रतिवेदनमा महरामाथि परिस्थितिजन्य प्रमाणका आधारमा मुद्दा चलाउन यथेष्ट प्रमाण पुग्ने भन्दै कारबाहीको सिफारिस गरिएको छ ।
चीनमा मासु निर्यात गर्ने उद्देश्यले वाङले महराका छोरा राहुलको साझेदारीमा सुनसरीबाट मासु प्रशोधन कम्पनी स्थापना गरेका थिए । मासुको निर्यातको आवरणमा वाङले नेपालबाट चीनमा प्रतिबन्धित जडीबुटी (यार्सागुम्बा) लगायत चीनमा तस्करी गर्ने र उताबाट वस्तु आयातको आवरणमा सुनको तस्करी सुरु गरेका थिए ।
उनै वाङसँगको सम्बन्धले प्रहरी हिरासतमा पुगेका महराले तस्करीबारे आफूलाई जानकारी नभएको दाबी गरेको स्रोतको दाबी छ । महराको स्वास्थ्य अवस्था कमजोर रहेकाले सिआइबीले छिटो अनुसन्धान गरी पुरक प्रतिवेदन बुझाउने तयारीमा जुटेको छ ।
यही प्रकरणमा महराका कान्छा छोरा राहुलाई पनि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । भेपभित्रको नौ केजी र ब्रेक सुभित्रको ६० केजी सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मेवारी पाएको सिआइबीले पूर्वसभामुख महरालाई यसअघि सामान्य सोधपुछ गरी कागजी बयान लिएर छाडेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-21
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
