काठमाडौं ।जेनजी समूहको जुम बैठकले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई तत्कालका लागि नेतृत्वमा स्विकारेर जाने निष्कर्ष निकालेको छ । बुधबार करिब चार घण्टा चलेको बैठकले यस्तो निर्णय गरेको हो ।
जेनजीको पुस्ताको भर्चुअल बैठकमा प्रधानसेनापतिसँग वार्तामा जाने व्यक्तिमा कुनै गन्ध आउन नहुने चर्चाबिच हाल नागरिक अभियन्तामेत रहेकी कार्कीलाई नेतृत्वमा स्विकारेर जाने निष्कर्ष निकालिएको हो ।
जुम बैठकमा जेनजीले निष्कर्षसहित भने, ‘पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई स्विकारेर जान सकिन्छ । अहिलेलाई अन्तरिम सरकारको नेतृत्व गर्न सुशीला कार्की ठिक हुनुहुन्छ ।’
भर्चुअल बैठकमा उनीहरूले अहिलेलाई पूर्वप्रधानन्यायाधीश कार्कीभन्दा अर्को सक्षम व्यक्ति नरहेको पनि बताएका छन् । जेनजीले छलफलमा सर्वमान्य एजेन्डा हुनुपर्ने अडान लिएका थिए ।
नेतृत्व पनि सबैले पत्याउने हुनुपर्ने बताएका थिए । यसअघि प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रिय स्वतन्त्र पार्टी र दुर्गा प्रसाईंसँग वार्तामा बस्न भनेको खुलेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-10
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
