काठमाडौँ । जेनजीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १४ जनाको मृत्यु भएको छ । अहिलेसम्म ट्रमा सेन्टरमा उपचारको क्रममा ६ जना, सिभिल अस्पतालमा ३ जना, एभरेष्ट अस्पतालमा ३ जना, केएमसी असपताल र शिक्षण अस्पतालमा एक एक जनाको मृत्यु भएको छ । अहिलेसम्म आजको प्रदर्शनमा घाइतेको संख्य यकिन हुन सकेको छैन ।
त्यस्तै सिभिल अस्पतालमा घाइतेको अवस्था अस्तव्यस्त रहेको छ । अहिले अस्पताल प्रशासनले अन्य विरामीको उपचार गर्न नसकेको र सबै चिकित्सक गोली लागेर घाइतेको उपचारमा केन्द्रित भएको देखिएको छ । अस्पताल प्रशासनले घाइतेको उपचारका लागि अन्य अस्पतालमा व्यस्थापन गर्न आग्रह गरेको छ ।
प्रहरीले चलाएको गोलीले समाचार संकलन गर्न गएका केहि पत्रकार र फोटो पत्रकार पनि घाइते भएका छन् । हाल घाइतेको सिभिल र ट्रमासहित केएमसी अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको छ । थप विवरण आउनेक्रममा रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-08
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
