
काठमाडौं । इलाम क्षेत्र २ मा हुने उपनिर्वाचनका लागि एमालेबाट ६ जनाको नाम सिफरिस भएको छ । मंगलबार बसेको एमाले प्रदेश कमिटीको बैठकले स्वर्गीय एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङसहित ६ जनाको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो ।
सिफारिस हुनेहरुमा स्वर्गीय नेता नेम्वाङका छोरा सुहाङ, नेता बुद्धि खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, देवी दुलाल र रिप्पल राई छन् । प्रदेशबाट सिफारिस भएको नामका आधारमा केन्द्रले उम्मेदवारको टुङ्गो लगाउने छ । सुवास नेम्वाङको निधन भएपछि इलाम– २ मा १५ वैशाखमा उपनिर्वाचन हुँदैछ ।
Sudina Shrestha
प्रकाशित: ७ चैत्र २०८०, बुधबार ०८:२६
नेपाली फिल्म ‘चित्रा’ प्राइम भिडियोमा वर्ल्डवाइड स्ट्रीमिङ, ४३ भाषामा सबटाइटल

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मानव बेचबिखन कार्यमा संलग्न व्यक्ति पक्राउ
गायिका एलीना भन्छिन्- अब नक्कली परिचय र विदेशको दूरीलाई कानुनले जोगाउदैन्

राष्ट्रिय ग्रिडसँग ६०७ मेगावाट जलविद्युत् जडानको सम्झौता
