काठमाडौं । इलाम क्षेत्र २ मा हुने उपनिर्वाचनका लागि एमालेबाट ६ जनाको नाम सिफरिस भएको छ । मंगलबार बसेको एमाले प्रदेश कमिटीको बैठकले स्वर्गीय एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङसहित ६ जनाको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो ।
सिफारिस हुनेहरुमा स्वर्गीय नेता नेम्वाङका छोरा सुहाङ, नेता बुद्धि खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, देवी दुलाल र रिप्पल राई छन् । प्रदेशबाट सिफारिस भएको नामका आधारमा केन्द्रले उम्मेदवारको टुङ्गो लगाउने छ । सुवास नेम्वाङको निधन भएपछि इलाम– २ मा १५ वैशाखमा उपनिर्वाचन हुँदैछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-20
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
