काठमाडौँ । संसदीय सुनुवाइ समिति (संयुक्त) का नवनिर्वाचित सभापति रामहरी खतिवडाले शपथ लिएका छन् ।

सोमबार खतिवडालाई सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ गराएका हुन् । खतिवडा संसदीय सुनुवाई समितिको सभापतिमा भदौ २० गते निर्बिरोध निर्वाचित भएका थिए ।
शपथ समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरलगायत उपस्थित रहेका थिए ।

यसअघि राज्य व्यवस्था समितिको सभापति रहेका खतिवडाले कुलिङ पिरियडमा गरेको हेरफेरको नैतिक जिम्मेवारी लिदै राजीनामा दिएका थिए ।
यस अघि कांग्रेस सांसद ईश्वरी देवी न्यौपाने संसदीय सुनुवाइ समितिको सभापति रहेकी थिइन् भने उनले राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति बनेपछि रिक्त रहेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-08
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
