काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री हुदा टिकटक प्रतिबन्ध गरेको सम्झाएका छन् ।
प्रचण्डले आज हुन लागेको युवाहरुको प्रदर्शन स्वाभाविक भएको भन्दै लेखेको फेसबुक पोस्टमा कमेन्ट गर्दै बालेनले प्रचण्डमाथि कटाक्ष गर्दै एकदेशआमा टिकटक प्रतिबन्ध भएको बताएका हुन् ।
बालेनले एकादेशमा टिकटक पनि बन्द भएको भन्दै भनेका छन्- एकादेशमा टिकटक पनि ब्यान भएको थियो । हजुर पिएम हुँदा पनि म मेयर नै थिए, काम हजुरबाट पनि केहि भएन कमरेड, मेरो लागि एक दिन दिएको भए म काठमाडौँ को खोला नाला फेरी दिने थिए ।
प्रचण्डले युवाहरुको आजको आन्दोलन बारे भनेका थिए- सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ। सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अबरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ। प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस। भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन जारी रहेको कुरा स्पष्ट छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-08
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
