काठमाडौँ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले नेपाल चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई) मा सामले भएको भन्ने विषयमा स्पष्ट गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको विहिबारको बैठकमा बोल्दै सांसद पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा चीनले नेपाल जीएसआईमा सामेल भएको भन्ने कुरा आएको बताउदै यो विषय प्रधानमन्त्रीले संसदमा जानकारी दिन माग गरेका छन् ।
उनले भने- ‘चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) मा सामले भएको भन्ने कुरा आएको छ । चिनियाँ राष्ट्रपतिसँगको भेटपछि चिनियाँ पक्षले चीनको ग्लोबल सुरक्षा रणनीति जीएसआईमा नेपाल सहमत भएको भन्ने व्यक्तव्य जारी गरको छ, सत्य कुरा के हो ? यो स्पष्ट हुन जरूरी छ ।’
त्यस्तै सांसद पाण्डेले प्रधानमन्त्री ओली चीनमा जापानले आत्मसमर्पण गरेको अवसरलाई विजयउत्सव मनाउने परेडमा सहभागी भएको विषयमा जवाफ मागेका छन् । उनले यो नेपालको असंलग्न परराष्ट्र नीति र पन्चशिलको सिद्धान्त विपरित भएन भन्दै प्रश्न गरेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-04
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
