एजेन्सी । पोर्चुगलको राजधानी लिस्बनमा रहेको प्रसिद्ध ग्लोरिया फ्युनिक्युलर रेलको एक कोच पटरीबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । पोर्चुगलको आपतकालीन सेवाका अनुसार यो दुर्घटना बुधबार साँझ (स्थानीय समय) करिब ६ बजे भएको थियो ।
पोर्चुगलको आपतकालीन चिकित्सा सेवा प्राधिकरणले घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको र बाँकी १३ जनालाई सामान्य चोटपटक लागेको बताएको छ । यसमा एक बच्चा पनि समावेश छ । पहिले घटनास्थलमा धेरै मानिसहरू फसेको रिपोर्ट गरिएको थियो । तर अधिकारीहरूले सबैलाई बाहिर निकालिएको जानकारी दिएका छन् ।
पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुजाले दुर्घटनामा परेकाहरूका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । लिस्बनका मेयर कार्लोस मोएडेसले यो राजधानीको लागि ‘दुःखद क्षण’ भएको बताए । आपतकालीन सेवाले मृतकहरूमा विदेशीहरू भएको बताएपनि उनीहरु कुन देशका हुन् भन्ने पुष्टि हुन बाँकी छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-04
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
