काठमाडौं । अष्ट्रेलियाका विस्फोटक ब्याटस क्रिस लिनले नेपाल प्रिमियर लिग ९एनपीएल० को दोस्रो संस्करणमा खेल्ने भएका छन् । लिन सुदुरपश्चिम रोयल्सबाट खेल्ने भएका हुन् ।
आधिकारिक घोषणा नगरेपनि सुदूरपश्चिमले बुधबार एक पोष्ट गर्दै अष्ट्रेलियाका खेलाडी भित्राएको र छिट्टै औपचारिक घोषणा गर्ने उल्लेख गरेको छ ।
खेलाडीको नाम उल्लेख नगरेको भएपनि सुदूरपश्चिमले सार्बजनिक गरेको पोष्टमा उल्लेख गरिएका आँकडा र तस्वीर विश्लेषण गर्दा लिननै भएको स्पष्ट भएको छ ।
३५ बर्षिय लिनले अस्ट्रेलियाका लागि २०१८ यता भने खेलेका छैनन् । उनले अस्ट्रेलियाको बिग बाश लिगमा एडिलेड स्ट्राइकर्सबाट खेल्ने गरेका छन् । बिग बास लिगमा लिनले १२७ खेल खेल्दै ३९५५ रन बनाएका छन् भने उनको स्ट्राइक रेट १४९।९२ रहेको छ । दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम गत सिजनमा उपविजेता बनेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-04
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
