
काठमाडौं । बागलुङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ९ जनाकै परिचय खुलेको छ । रुकुम पूर्वबाट काठमाण्डौका लागि छुटेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस हिजो बेलुका बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।
दुर्घटनामा ज्यान गुमाउनेहरुमा दाङका लक्की पुनमगर, रुकुम पश्चिम मुसिकोट–१ का बिनिता केसी, मुसिकोट नगरपालिका–२ रातामाटाका बसधनी बबि ददेल नेपाली, मुसिकोट नगरपालिका–४ सोलाबाङका टीका केसी, मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, रोल्पा घर भएका बस चालक सुवास गौतम भनिने मानसिंह विक, गोरखा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुम पूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका विक्रम परियार रहेका जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिए ।
दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइतेमध्ये २१ जनाको धौलागिरी अस्पताल बागलुङ र ५ जनाको मणिपाल अस्पताल पोखरा उपचार भइरहेको छ । बस सडकबाट एक सय ५० मिटर तल खसेको थियो । सातजनाको घटनास्थलमै र दुईजनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा ज्यान गएको हो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ६ चैत्र २०८०, मंगलवार ०८:१५
११७ घरमा खानेपानीका धारा जडान

कीर्तिपुरलाई हराउँदै काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ISC delegates meet PM Oli to promote parliamentary cooperation

जीवन बीमा कम्पनीहरूको नाफामा वृद्धि

नेपाल स्टक एक्सचेञ्जमा दोहोरो अङ्कको गिरावट

महिला टी-२० विश्वकप छनोट स् हङकङ विरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
