काठमाडौँ । बलिवुडका किङ शाहरुख खानकी छोरी सुहाना खान कानुनी झमेलामा परेकी छन् । सुहानाले महाराष्ट्रको रायगड जिल्लाको अलिबाग क्षेत्रमा करोडौं रुपैयाँको कृषि जग्गा किनेको विषय विवादमा परेको छ ।
महाराष्ट्र राज्यको कानून अनुसार, कृषि जग्गा किन्न सक्ने किसान मात्र हुन सक्ने व्यवस्था रहेको छ । अब यो विषय विवादमा परेपछि अनुसन्धान शुरु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यस विषयमा सुहानाले किनेको जग्गाको सम्झौता रद्द वा जरिवाना हुने सम्भावना रहेको रिपोर्टमा उल्लेख छ ।
सुहानालाई यस सम्झौतामा किसानको रूपमा प्रस्तुत गरिएको तर प्रशासनले यस लेनदेनको सम्बन्धमा अनुसन्धान शुरु गरेको बताइएको छ । २०२३ मा सुहानाले अलिबागमा लगभग १२ करोड ९१ लाख बराबरको जग्गा किनेको थियो, जुन देजा भु फार्म प्राइभेट लिमिटेडको नाममा दर्ता गरिएको बताइएको छ ।
सुहानाले मुम्बईको अलिबागको थाल गाउँमा ठूलो जग्गा लिएकी थिइन् । यो जग्गा सरकारले खेतीपातीको लागि तोकेको थियो, जसमा किसानहरूले मात्र खेती गर्न सक्छन् । सुहानाले यो जग्गा अञ्जली, रेखा र प्रिया नामका तीन दिदीबहिनीबाट लिएकी थिइन् । यी तीन दिदीबहिनीले यो जग्गा आफ्ना आमाबाबुबाट पाएकी थिइन् । सुहानाले यो जग्गा किन्दा उनले यसको लागि लगभग ७७.४६ लाख स्ट्याम्प ड्युटी पनि तिरेको बताइएको छ । अब यो विषयमा अनुसन्धान भइरहेको छ । अधिकारीहरूले यस विषयमा अलिबागका तहसीलदारसँग रिपोर्ट मागेको र यस विषयमा विस्तृत अनुसन्धान गर्न आदेश दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-03
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
