
बाँके । निर्माण शुरु भएको १८ वर्षमा सिक्टा सिँचाइ आयोजनाको काम ४० प्रतिशत मात्रै सकिएको छ । आर्थिक वर्ष २०६२/६३ मा निर्माण शुरु भएको राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको सिक्टा सिँचाइ आयोजनाले अहिलेसम्म ४० दशमलव २२ प्रतिशत भौतिक प्रगति हासिल गरेको आयोजना कार्यालयले जनाएको छ ।
यो आयोजनाबाट बाँकेको २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । ४२ हजार सात सय ६६ हेक्टर जमिनमा सिँचाइका लागि पानी उपलब्ध गराउने लक्ष्यका साथ काम शुरु भएको थियो । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म पश्चिमी मूल नहरतर्फ १७ हजार हेक्टर, सिधनिया शाखामा एक हजार हेक्टर र पूर्वी मूल नहरतर्फ चार हजार हेक्टर गरी २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी डिभिजनल इञ्जिनियर सन्देश पौडेलले जानकारी दिए ।
आयोजना शुरु भएदेखि अहिलेसम्म समष्टिगत भौतिक प्रगति ४० दशमलव २२ प्रतिशत र वित्तीय प्रगति ३९ दशमलव ३८ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षमा विनियोजित ७५ करोड ४८ लाखमध्ये फागुन मसान्तसम्म ३० करोड २६ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयामा राप्ती नदीमा बाँध निर्माण गरी बाँकेको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउन आयोजना निर्माण गरिएको निर्देशक देवराज निरौलाले बताए । सिक्टा सिँचाइ आयोजना संशोधित गुरुयोजनाअनुसार आर्थिक वर्ष २०८९/९० मा सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजनाको लागत ५२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ५ चैत्र २०८०, सोमबार ०८:२८
युक्रेनद्वारा रुसीमा हालसम्मकै सबैभन्दा ठुलो आक्रमण, ११७ ड्रोनको प्रयोग

अब कोटेश्वर, बल्खु र सिफल चौर क्षेत्रमा मात्रै प्रदर्शन गर्न पाइने

राजसंस्था समर्थकद्वारा उपत्यका बन्द फिर्ता

भोली देखि देशभर अनिश्चितकालीन यातायात बन्द हुने घोषणा

चन्द्रागिरिमा भएको दुर्घटनामा महिलाको मृत्यु

Prachanda says Maoist awakening campaigns are mobilizing communities nationwide
