काठमाडौँ । बलिवुडका चर्चित फिल्म निर्माता निर्देशक संजय लीला भन्सालीविरुद्ध मुद्धा दायर भएको छ । भन्साली प्रोडक्सनका प्रोडक्सन म्यानेजर उत्कर्ष बाली र अरविन्द गिलविरुद्ध समेत गम्भीर मुद्दामा एफआईआर दर्ता गरिएको छ ।
यो मुद्दा भन्सालीद्वारा निर्मित लोकप्रिय फिल्म ‘लभ एण्ड वार’ को छायांकनसँग जोडिएको छ । एफआईआरमा ठगी, आपराधिक विश्वास उल्लंघन, धम्की र संगठित षड्यन्त्र जस्ता गम्भीर आरोपहरू लगाइएको छ । यो उजुरी राधा फिल्म्स एण्ड हस्पिटालिटीका सीईओ तथा लाइन निर्माता प्रतीक राज माथुरले दायर गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनले फिल्मको निर्माणमा नियुक्ति प्रक्रिया र सुरक्षा व्यवस्थामा ठगी गरिएको आरोप लगाएका छन् ।
फिल्म ‘लभ एण्ड वार’ को छायांकनको क्रममा नियुक्ति र सुरक्षा व्यवस्थामा ठगी गरिएको आरोप लगाइएको छ । यसबाहेक, १७ अगस्ट २०२५ मा निजी सुरक्षाकर्मीहरूले गरेको दुर्व्यवहार र धम्कीको घटना पनि एफआईआरमा उल्लेख गरिएको छ ।
हाल भन्साली वा उनको टोलीबाट कुनै आधिकारिक बयान आएको छैन । भन्साली लामो समयपछि छायांकनको लागि राजस्थान आएका थिए । यसअघि उनको फिल्म ‘पद्मावत’ को छायांकनको बारेमा विवाद भएको थियो । अब फेरि एक पटक संजय लीला भन्साली र उनको टोली राजस्थानमा विवादमा घेरिएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-02
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
