
काठमाडौं । काठमाडौंको वसन्तपुर अगाडि विधिवतरुपमा चिर ठड्याएसँगै होली अर्थात फागु पर्व सुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ ।
बसन्तपुरमा आइतबार रंगी विरंगी कपडाहरुको ध्वजा सहितको तीन खण्डे चीर ठड्याईएको हो । चीर ठड्याईसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाई गरिएको थियो । प्रत्येक बर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीविरङगी कपडाका टुक्रा–टुक्रासहित सजाईएको बाँसको तीन खण्डे चीर ठड्याएपछि मुलुकभर होली प्रारम्भ भएको मानिन्छ ।
इतअनुसार नै चिर ठड्याउने गरिएको र त्यसपछि विधिवत रुपमा फागु पर्व सुरु हुने मान्यता रहेको स्थानीयहरुको भनाइ छ । चन्द्र मास अन्तर्गत फागुन पूर्णिमाको दिन मनाइने होली यही चैत्र ११ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा र १२ गते तराईका विभिन्न जिल्लामा फागु अर्थात होली पर्व मनाइँदै छ । पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पु¥याई दहन गरेपछि होली पर्व समाप्त हुन्छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ५ चैत्र २०८०, सोमबार ०८:२३
बिर्तामोड सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा

सुरुवातबाटै पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा घटदो

Body of Maharjan, killed in Tinkune protest, handed over to family

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डमा

राष्ट्रिय सभाबाट पारित भयो ५ वटा विधेयक

तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाही हुन्छ : प्रधानमन्त्री ओली
