
काठमडौं । तेह्रथुमको फेदाप गाउँपालिका १ सिम्लेमा हिजो दिउँसोदेखि लागेको आगो नियन्त्रणमा आएको छ । प्रहरी र स्थानीयबासिन्दाको पहलमा राति अबेरसम्म आगो नियन्त्रणमा लाइएको हो ।
फेदाप गाउँपालिकाका अध्यक्ष केशव प्रसाद भेटवालका अनुसार आगलागीबाट १७ वटा घर र दुईवटा गोठ जलेका छन् । गाउँको पुछारमा रहेको वनमा दिउँसो अचानक शुरु भएको आगो वनसँगै जोडिएका बस्तीमा सल्किएको थियो । आगलागीमा मान्छे बसोबास गर्दै गरेका १० वटा र मान्छे नबसेका अरु ७ वटा घर जलेका छन् ।
आगलागीबाट धेरै सङ्ख्यामा पशु चौपाया र धनसम्पत्ति पनि जलेका गाउँपालिकाका अध्यक्ष भेटवालले बताएका छन् । आगलागी पीडितलाई राहत सामग्री वितरण थालिएको अध्यक्ष भेटवालले जानकारी दिएका छन् ।
यसैगरी पाँचथरकोे फाल्गुनन्द गाउँपालिका केन्द्र रहेको घुर्विसे पञ्चमी बजारमा हिजो बेलुकी लागेको आगो पनि नियन्त्रणमा आएको छ । आगलागीबाट दुईवटा घर जलेका र राति नै आगो निभाइएको गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बेले जानकारी दिए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ५ चैत्र २०८०, सोमबार ०८:१७
अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा

विशेष अदालतद्वारा पूर्वसचिवसहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

अब युएई जाने नेपाली श्रमिकको तलब न्यूनतम एक हजार दिराम निर्धारण

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दुई अभियोगमा भ्रष्टाचार मुद्दा

Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta
