काठमडौं । तेह्रथुमको फेदाप गाउँपालिका १ सिम्लेमा हिजो दिउँसोदेखि लागेको आगो नियन्त्रणमा आएको छ । प्रहरी र स्थानीयबासिन्दाको पहलमा राति अबेरसम्म आगो नियन्त्रणमा लाइएको हो ।
फेदाप गाउँपालिकाका अध्यक्ष केशव प्रसाद भेटवालका अनुसार आगलागीबाट १७ वटा घर र दुईवटा गोठ जलेका छन् । गाउँको पुछारमा रहेको वनमा दिउँसो अचानक शुरु भएको आगो वनसँगै जोडिएका बस्तीमा सल्किएको थियो । आगलागीमा मान्छे बसोबास गर्दै गरेका १० वटा र मान्छे नबसेका अरु ७ वटा घर जलेका छन् ।
आगलागीबाट धेरै सङ्ख्यामा पशु चौपाया र धनसम्पत्ति पनि जलेका गाउँपालिकाका अध्यक्ष भेटवालले बताएका छन् । आगलागी पीडितलाई राहत सामग्री वितरण थालिएको अध्यक्ष भेटवालले जानकारी दिएका छन् ।
यसैगरी पाँचथरकोे फाल्गुनन्द गाउँपालिका केन्द्र रहेको घुर्विसे पञ्चमी बजारमा हिजो बेलुकी लागेको आगो पनि नियन्त्रणमा आएको छ । आगलागीबाट दुईवटा घर जलेका र राति नै आगो निभाइएको गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बेले जानकारी दिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-18
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
