काठमाडौं । शैक्षिक संस्थाहरूमा बम राखेको भनी झुट्टा अफवाह फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा कीर्तिपुर नगरपालिका-१० बस्ने महोत्तरी, महोत्तरी गाउँपालिका-२ घर भएका ३८ वर्षीय जयरूद्र झालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी कन्ट्रोल रूमको आकस्मिक नम्बर १०० मा फोन गरी काठमाडौंस्थित विभिन्न शैक्षिक संस्थाहरूमा विष्फोटक पदार्थ राखेको छ भनी झुट्टा अफवाह फैलाई सार्वजनिक शान्तिमा खलल पुर्याएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यम संलग्न उनलाई काठमाडौं महानगरपालिका-१० नयाँबजार कीर्तिपुरबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-01
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
