काठमाडौँ । नेपाल आयल निगमले डिजल र मट्टीतेलको मुल्य घटाएको छ । निगमले आइतबार राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य परिवर्तन गरेको हो ।
जस अनुसार पेट्रोलको मूल्य यथावत राखिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको छ । त्यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर १ तथा अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलोलिटर ७ डलरले घटाएको छ । पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्ट बिक्रि मुल्य कायम गरेको निगमले जनाएको छ ।
निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ०.२१ रुपैयाँ घटेर आएको र डिजलमा १.४८ रुपैयाँ घटेर आएको जानकारी दिएको छ । मुल्य परिवर्तनपछि काठमाडौँमा डिजल तथा मट्टीतेलको प्रति लिटर १४५ भएको निगमले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-01
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
