काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण बारे संसदमा जानकारी गराएका छन् ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा रुसका राष्ट्रपति भ्लादमिर पुटिनसहित, माल्दिभ्स, लाओस, भियतनामका राष्ट्र प्रमुखसँग भेटवार्ता तय भएको जानकारी दिएका छन् ।
साथै प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा राष्ट्रपति सी जीङपीङसँग दुई पक्षीय भेटवार्ता हुने जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले सेप्टेम्बर १ मा तियानजिनमा हुने शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्रीकी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे, सांसद पूर्ण बहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसद छबिलाल विश्वकर्मा र उच्चपदस्थ सरकारी अधिकारीहरू समावेश हुने जानकारी दिएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-29
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
