नेपाली भाषा संस्कृती र मौलिकताको जगेर्ना गर्दै विश्वसामु चिनाउन वेलायतमा आयोजना गरिएको १६ औ नेपाली मेलामा मानव धर्म सोसाइटी युकेले विविध प्रस्तुती सहित सहभागीता जनाएको छ ।
लण्डनको केम्प्टन पार्कमा आयोजना भएको नेपाली मेलामा १३ हजार नेपाली उपस्थित भएका थिए । मानव धर्मका प्रणेता श्री सतपालजी महाराजले विश्वसामु फैलाउन खोज्नुभएको भाइचारा अनि विश्व शान्तिको सन्देशलाई मानव धर्म सोसाइटी युकेका अध्यक्ष नुर थापाले कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा मानव धर्मले झाँकी, र्याली, स्वागत नृत्य प्रस्तुत गर्नुका साथै मानव धर्मको मुल उद्येश्य र गर्दै आएको समाज सेवाका कार्यहरुलाई प्रस्तुत गरिएको थियो ।
तमु धिं युके र वेलायतका लागि नेपाली दुतावासको संयुक्त आयोजनामा आयोजना गरिएको मेलालाई बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे र विशिष्ट अतिथि कुलमान घिसिङले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा वेलायतमा रहेका विभिन्न सस्था मध्य ४४ वटा संस्थाहरुले झाँकी, र्याली, मैलिकता झल्किने सांस्कृतीक प्रस्तुतीहरु प्रस्तुत गर्नुका साथै झन्डै ७० ओटा विभिन्न संस्था तथा व्यवसायले आफ्नो स्टल राखेका थिए । विगतका वर्षमा भन्दा यो वर्ष कार्यक्रम भव्य रुपमा सफल भएको सहभागिहरुको भनाई छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-29
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
