काठमाडौँ । नेपाल शिक्षक महासंघले आज नेकपा माओवादी केन्द्रको पार्टी कार्यलयमा धर्ना दिएका छन् ।
पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ बजे देखि दिउसो १ बजेसम्म २ घण्टा पेरिस डाँडास्थित नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको महासंघले जनाएको छ ।
शिक्षक महासंघले बिहिबार नेकपा एमाले र बुधबार नेपाली कांग्रेसको कार्यलय सानेपामा धर्ना दिएको थियो ।
त्यस्तै महासंघले आज देशका सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम तय गरेको छ ।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक, २०८० पारित गरेपछि त्यसमा रहेका प्रावधानमा असहमति जनाउदै महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-29
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
