काठमाडौं । फिल्म ‘अभिमन्यु: च्याप्टर-१’को ट्रेलर सार्बजनिक भएको छ । ट्रेलरले सिनेमाको कथा खुलाएको छ । प्रेमको नाटक, अपहरण र फिरौतीको वरिपरि ट्रेलर घुमेको छ ।
प्रेमीको नाटक गरेर उसैलाई अपहरण गरेर उसकै बाउसँग फिरौती रकम माग्ने युवकको कथा सिनेमामा रहेको ट्रेलरले प्रष्ट पारेको छ । घरबारबिहीन एक युवकले पैसाका लागि के–केसम्म गरेको छ भनेर ट्रेलरमा समेटेको छ ।
पैसा भनेपछि दुई नम्बरी धन्दाबाट आएको होस् वा मेहनतको कमाइ सबैले त्यसमाथि गिद्धे नजर लगाएर गलत कार्यमा पनि साथ दिने मनोविज्ञान पनि ट्रेलरमा देखाइएको छ ।
भदौ २७ गते रिलिज हुने फिल्म ‘अभिमन्यु: च्याप्टर–१’ को हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।
पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘अभिमन्यु: च्याप्टर–१’को मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु: च्याप्टर–१’लाई सुशान्त गौतमले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशन हो । मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् ।
‘अभिमन्यु: च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।
जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादक रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-29
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
