काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार तथा गालीगलौज गरेको आरोपमा साइबर ब्युरोले पाँडेलाई बुधबार नियन्त्रणमा लिएको हो ।
साइबर ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) दीपकराज अवस्थीका अनुसार एक महिलाले पाँडेविरुद्ध सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको भन्दै जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा जिल्ला अदालत, काठमाडौंबाट बुधबार पक्राउ पुर्जी जारी भएको थियो ।
प्रहरीका अनुसार, उजुरी दर्ता भएपछि र पक्राउ पुर्जी जारी भएपछि पाँडे बुधबार साँझ आफैं साइबर ब्युरोमा उपस्थित भएका थिए । ब्युरोले बुधबार नै म्याद थपका लागि अदालतमा प्रस्तुत गर्ने तयारी गरे पनि समय अभावका कारण बिहीबार मात्र उपस्थित गराइने जनाएको छ ।
वातावरणविद्का रूपमा परिचित डा। पाँडे २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । रास्वपा सरकारमा सहभागी हुँदा उनी २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-28
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
