काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक शुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा शुरु भएको बैठकमा विभिन्न पाँच एजेण्डामा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
आजको बैठकमा समसामयीक राजनैतिक एवं पार्टी गतिविधि, हस्ताक्षर अभियान, हुदै गरेको पार्टी प्रशिक्षण कार्यक्रमहरूवारे, संगठन सम्बन्धि गतिविधि बारे जानकारी र छलफल हुने छ ।
त्यस्तै पार्टीका विभिन्न विभागहरु केन्द्रीय सङ्गठन विभाग, केन्द्रीय प्रशिक्षण विभाग, केन्द्रीय अभियान तथा प्रचारप्रसार विभाग र प्रवास नेपाली सम्पर्क विभागलाई क्रियाशील बनाउने विषयमा छलफल हुने कार्यसूची रहेको छ ।त्यस्तै आजको बैठकमा प्रदेश इन्चार्ज कार्यसम्पादन सम्बन्धमा पनि छलफल हुने प्रवक्ता झाले बताएका छन् ।
त्यसैगरी रूपन्देही- ३ को उम्मेदवार छनोट प्रक्रिया अन्तर्गत मूल्याङ्कन बिधि बारे छलफल हुने बताइएको छ । त्यसैगरी प्रारम्भिक निर्वाचन कार्यविधि २०८२, वडा परिषद् कार्यविधि (पालिका परिषद् कार्यविधि, जिल्ला अधिवेशन कार्यविधि समेत) र विशेषज्ञहरूलाई आव्हान गर्ने बारे छलफल हुने झाले बताएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-27
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
